म्यादी प्रहरीमा जागिर खान गएका एक युवाको यसरी ज्यान गयो, अब के होला?

Advertisement

हेटौडा । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया-४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा-४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ। सोही क्रममा दौडमा सहभागी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार झाले जानकारी दिए। सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी घिमिरे केही समय दौडिएपछि ढलेका थिए।

१ किलोमिटर दौडको करिब २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारका लागि हेटौँडा-११ स्थित चुरेहिल अस्पतालमा लगे पनि साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झाले जानकारी दिए।

मंसिरमा हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा म्यादी प्रहरीको छनोट मकवानपुरमा सुरु भएको छ। जिल्लामा आवश्यकभन्दा तेब्बरको आवेदन परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

८ कात्तिकमा रिजल्ट प्रकाशन गरिने र त्यसपछि लिखित र मौखिक परीक्षा तयारी भएको प्रहरी उपरीक्षक खनालले बताए। जिल्लामा म्यादी प्रहरीका लागि एक हजार तीन सय २८ जनाको आवश्यकता छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार