विवकेशील साझा पार्टीका नेता यता! यता पनि टिकट नपाए कता?

Loading...
Advertisement

काठमाडौं। विवेकशील साझा पार्टीमा आवद्ध नेताहरु हाम्रो पार्टीमा प्रवेश गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर विवेकशील साझा पार्टीमा आवद्ध नेताहरु क्रमशः दिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमा प्रवेश गरेका हुन्।

नवप्रवेशीलाई हाम्रो पार्टीका अध्यक्ष शेखर कार्कीले पार्टीमा स्वागत गरेका थिए। उनले नवप्रवेशीलाई स्वागत गर्दै भने, ‘पुराना राजनैतिक शक्तिबाट यो देशको सार्वभौमसत्ताको उचित संरक्षण र समृद्धिको नेतृत्व लगभग समाप्त भएकोले यो राजनीतिक जालझेलको अवस्थामा हाम्रो पार्टी स्थापना कालदेखि नै कुनैपनि बहानामा पद्धतिको उल्लंघन नगर्ने प्रतिबद्धता पुनः दोहोर्याउँछु, आज प्रवेश गर्ने साथीहरुबाट झनै हामीलाई थप उर्जा मिलेको छ।’

Loading...

कार्यक्रममा नवप्रवेशी दिपविक्रम विष्ट र मणिन्द्र घिमिरले विवेकशील साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्र आन्तरिक प्रष्तिपर्धा नगराई आफू खुशीउम्मेद्धवार चयन गरेकोले बाध्य भएर पार्टी छोडेर हाम्रो पार्टीमा प्रवेश गर्नु परेको बताएका थिए।

कार्यक्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य महेश्वर आचार्यले पनि आफूहरुको पार्टी सबैको लागि खुल्लामञ्च भएको र सबैले संविधानको परिधि भित्र रही आ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार