नहरमा खेलिरहेका बच्चाले भेट्टाए यस्तो चीज, वास्तविकताले हल्लियो पूरा सहर

Advertisement

एजेन्सी। इङल्याण्डको क्रिस्टलेटन नामक सहरमा तीन जना बच्चाहरु एउटा नहरको किनारामा खेलिरहेका थिए। उनीहरु डोरीमा चुम्बक बाँधेर नहरमा फल्थे ताकि फलामका चीजहरु टाँसिएर बाहिर आउन्। यो कोसिसमा यस्तो चीज निस्कियो जसका कारण उनीहरुका अभिभावक मात्र नभइ पूरा सहर डरायो।१२ वर्षका ल्यूक स्टरगेस, ९ वर्षकी बहिनी चार्लोट र उनीहरुका साथी १६ वर्षका डिओन एवान्स नहर किनारामा खेलिरहेका थिए ।

त्यही बेला चुम्बकमा एउटा वस्तु टाँसियो । उनीहरुले डोरी तान्दा त्यो केहँ गह्रौं महसुस भयो। जब त्यो चीज पानीबाट बाहिर निस्कियो त्यसपछि तीनैजना बच्चा अचम्ममा परे। तीनै जना बच्चालाई त्यो चीज के हो भन्ने थाहा थिएन।

उनीहरुमध्येका सबैभन्दा ठूला लिओनले त्यो ह्याण्डग्रेनेड हुन सक्ने अनुमान लगाए। यसपछि ल्युकले त्यसको फोटो खिचेर आफ्नी आमालाई पठाए। आमा डनले त्यो फोटो देखेपछि उनले आफ्ना देवर मार्टिनलाई त्यो फोटो देखाइन्। मार्टिन पहिले सेनामा थिए। मार्टिनले देख्नासाथ चिने त्यो ग्रेनेड नै थियो जुन दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको थियो। मार्टिनले यो पनि ख्याल गरे ग्रेनेडको पिन निकालिएको थियो अर्थात त्यो जतिबेला पनि पड्कन सक्थ्यो।

यो थाहा पाउनासाथ उनीहरु तत्कालै नहरतिर दौडिए । यही बीचमा उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरी घटनास्थलमा आउँदासम्म खबर शहरभरी फैलिएको थियो । खबर फैलिनासाथ पूरा सहरमा हल्लाखल्ला मच्चियो। तर, बम डिस्पोजल टोलीले समयमै बम डिस्पोज गर्न सफल भएका कारण कुनै नोक्सान हुन भने पाएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार