शेरबहादुर हेर्न १६ बर्ष मुनिकाले अभिभावक लैजानु पर्ने यस्तो छ कारण! – भिडियो सहित

Advertisement

काठमाडौं । आउँदो शुक्रबार अर्थात माग १९ गतेदेखि प्रदर्शनमा आउँने चलचित्र ‘शेरबहादुर’ले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ ।

आइतबार सेन्सरबोर्डले चलचित्रलाई पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट दिएको हो । अब यो चलचित्र हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानुपर्ने छ ।

चलचित्रमा कुनै पनि दृश्य नकाटिएको चलचित्र यूनिटले जानकारी दिएको छ । चलचित्रका केही सिनहरुमा रगत देखिएको कारण पिजी सर्टिफिकेट दिइएको निर्माता गौरी शंकर धुजुले बताए । शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो ।

चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतको अभिनय रहेको छ । चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् ।

ट्रेलर भिडियो हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार