नयाँ हुलिया सहित पशुपतिमा पारस शाह पुग्दा मच्चियो यस्तो हँगामा – हेर्नुहोस् (तस्विरहरू सहित)

Advertisement

काठमाडौं–बुधबार अपरान्ह पूर्वयूवराज पारश शाह मन्दिर दर्शनमा निस्किए । उनी बुधबार दिँउसो पशुपतिनाथ र गुह्वेश्वरीको पूजा गर्न आफ्ना समर्थकसहित पुगेका थिए । दिँउसो साढे ३ बजे गुह्वेश्वरी मन्दिर पुगेका उनले झन्डै १० मिनेट पूजा गरे ।

मन्दिरमा पुग्ने बित्तिकै बागमती किनारमा गएर सहयोगीले खोलाबाट अञ्जुलीमा ल्याएको पानी टाउकोमा लगाए अनि समर्थकहरुको फूलमाला लिँदै मन्दिरमा पूजा गर्न गएका थिए । विभिन्न ठाँउबाट आएका उनका समर्थकहरुले बाहिर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

मन्दिरबाट बाहिरिएपछि शाहसँग सेल्फी फोटो खिच्न खोज्नेहरुको भीड लागेपनि सुरक्षाकर्मीले हटाएका थिए । उता उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए । चप्पल लगाएर मन्दिर पुगेका शाहले उलन कोट लगाएका थिए ।

 

टाउको माथि कालो चस्मा राखेका उनले पछाडि कपालको चुल्ठो बाँधेका थिए । पूर्व युवराज शाह यसअघि बाहिर देखिएको भन्दा अलि मोटाएको जस्तो देखिन्थे । सञ्चारकर्मीहरुले केही बोलिदिन आग्रह गरेपनि उनले अब के बोल्नु छ र ? भन्दै पन्छिएर बाटो लागे ।

अन्य केहि स्मरणिय तस्विरहरूः

रातोपाटीवाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार