‘शत्रु गते’को अर्को धमाकेदार कमेडी गीत बाहिरिए सँगै भयो भाइरल – भिडियो सहित

Advertisement

काठमाडौँ – पहिलो गीत ‘रुपै मोहनी’को चर्चापछि चलचित्र ‘शत्रु गते’को दोश्रो गीत सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ‘पिरतीको बर्को’ बोलको गीतमा पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको छ । काली प्रसाद बास्कोटाको स्वर तथा संगीतमा तयार पारिएको गीतमा अर्जुन भट्टराईको शब्दरचना रहेको छ । प्रविन सिंहको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा पल र आँचललाई फरक फरक रुपमा देखाईएको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा र टंक बुढाथोकीको संगीत, दीर्घ गुरुङको छायांकन छ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसँंगै पल शाह र आँचल शर्माको जोडीको समेत अभिनय देख्न सकिन्छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।

भिडियो हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार