जन्मेदेखि नै भोक तिर्खा नलाग्ने मान्छे देख्नुभएको छ? छैन भने हेर्नुहाेस

Loading...
Advertisement

सन् २०१३ को अक्टोबर १४ का दिन बिहान जब लण्डन जोन्स नामका किशोर ब्युँझिए तबदेखि नै उनले भोक र तिर्खाको अनुभुति गुमाइसकेका थिए ।

लण्डन जोन्सलाई ४ वर्षयता न त भोक लागेको छ, न त निद्रा । निद्रा चट् भएको अघिल्लो रात उनी पिज्जा र आइसक्रिम खाएर सुतेका थिए । र, अर्को बिहान उठ्दादेखि उनको भोक र तिर्खा गायब भैसकेको थियो ।

Loading...

भोक र निद्रा गायब भएयताको उनको जिन्दगी कष्टकर बनेको छ । उनी आफ्नो मनपर्ने बाइक चढेर साथीभाईसँग बाहिर घुम्न जानपनि छाडेका छन् । हरेक बेलाजस्तो बिरामी हुन्छन् र चौबिसै घण्टा चक्कर आएजस्तो हुन्छ ।

जोन्सका बाउआमा उनको रोग पत्ता लगाउन तथा उपचार गर्नका लागि अमेरिकाका विभिन्न ५ वटा राज्यमा पुगिसकेका छन् । तर सफलता हात लागेन । नेशनल इन्स्टिच्यूट अफ हेल्थले उनको उपचारको खोजी गर्ने प्रयास गरिरहेको छ । यो अस्पतालले यस्तै अनौठा तथा दुर्लभ रोगहरुको जाँच र उपचार गर्नमा नाम कमाएको छ ।

उनलाई भोक नै लाग्दैन । त्यसैले दिउसो एकपटक बल्ल तल्ल स्याण्डविचको एक टुक्रा तथा केही क्रिस्प खाएर बाँचेका छन् । यति चिज खुवाउन पनि उनका बाबुआमाले निकै मेहेनत गर्नुपर्दछ ।

४ वर्षसम्म यसरी भोकै नलाग्ने उनको यो रोग सायद दुनियाँमा पहिलो यस्तो समस्या रहेको बताइएको छ ।

एजेन्सी

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार