को हुन् यी महिला, क्यान्सरको अप्रेसन पछि निप्पलमा ट्याटु खोप्ने

Loading...
Advertisement

फाल्गुन १७ – म २८ बर्षकी थिएँ, जब मलाई बताइयो कि मलाई स्तन क्यान्सर हुने आशंका ९५ प्रतिशत छ । यस रोगले मेरो हजुरआमा र उनको आमाको पनि ज्यान लिएको थियो ।

मेरी आमाको मृत्यु पनि यही रोगले भयो । तीन बर्षअघि रगत परीक्षणमा थाहा भयो कि, ममा बीआरसीए-१ जीन छ ।

Loading...

मैले यो आफ्नी आमाबाट विरासतमा मिलेको थियो, जसको कारण औसत एक महिलामा स्तन क्यान्सरको आशंका १२ देखि ७२ प्रतिशत बढ्छ ।

उनी स्वंम अपराधबोध गर्थिन् । रुने गर्थिन् । माफी माग्थिन् । म स्वंमलाई सम्हाल्नमा ध्यान दिन्थे । र, ध्यान दिन्थे कि, डरले नै मलाई पूर्ण रुपले नखाओस् ।

मेरो तीसौं जन्मदिनपछि एक दिन म चिकित्सकको कोठामा बसिरहेकी थिएँ । त्यसबेला मलाई आफ्नो मृत्युको आभाष भयो । मेरो खुट्टा काँप्न थाल्यो । मेरो दिमाग भाग्न लाग्यो । मैले निर्णय गरें कि, म बाँच्नका लागि जे पनि गर्न तयार छु ।

म र मेरा पार्टनर त्यबेला हाम्रा दुई छोरीलाई काखमा लिने प्रक्रियाबाट गुज्रिरहेका थियौं । हामीले बच्चा पाउनका लागि दोस्रो तरिकाको बारेमा पनि सोचेका थियौं । तर, म यस्तो कुनै खतरा उठाउन चाहन्नथे, कि मेरो जिन म्यूटेशन मेरो बच्चामा पुगोस् ।

हामी आफ्नो पारिवारिक जीवन सुरु गर्ने सुरसारमा थियौं । र, म दृढ थिएँ कि हाम्रो बाटोमा कुनै अवरोध पैदा नहोस् । मलाई बताइयो कि, ३० बर्षको उमेरमा ब्रेस्ट सर्जरीका लागि कम उमेर हो । त्यसैले मेरो कोशिकालाई एक बर्षका लागि एमआरआईको माध्यामबाट निरिक्षण गरियो ।

मेरो शरीर अधुरो भयो
तर, मेरो दिमागमा पहिला कुनै शंका थिएन । म शल्यक्रियाबाट दुबै स्तन निकाल्न चाहन्थें । किनभने म मृत्युको खतरा उठाउन सक्दिनथें ।

म आफ्ना बच्चा, आफ्ना पार्टनर, आफ्ना परिवारका लागि जिउन चाहन्थें । आफ्नो लागि जिउन चाहन्थें । शल्यक्रियाबाट मेरो दुबै स्तन र निप्पल निकालियो ।

बेलायतमा २१ प्रतिशत स्तन हटाउने महिलाले पुन स्तन बनाउँछन् । मैले पनि त्यसै गरें । त्यसलाई इम्प्लान्टले बनाइएको थियो, न कि शरिरको कुनै हिस्साको टिस्यु लिएर । मलाई बताइएको थियो कि, शल्यक्रियापछि मेरो छातीमा धेरै दाग देखिनेछ । त्यसैले आफ्नो पेट वा खुट्टामा थप दाग देखाउन चाहन्नथें । शल्यक्रियापछि राहत महसुष गरें ।

ऐनाको अगाडि उभिएँ
म रोएँ र आफ्नो बच्चालाई जोडले च्यापें । जब दुखाई हुन्थ्यो, १० इन्जेक्सन र १५ एन्टिबायोटिकले मलाई बेहोस बनाइन्थ्यो । म स्वंम आफुलाई ऐनामा हेर्न असमर्थ थिएँ । यसका लागि मलाई दुई दिन लाग्यो । मेरो पट्टी करिब पारदर्शी थियो, त्यसैले मैले मेरो इम्पलान्ट पनि देख्न पाएँ । तर, मलाई थाहा थिएन कि शल्यक्रियापछि अब म आफ्नो शरीरलाई लिएर कस्तो अनुभव गर्दो हुँ ?

म विस्तारै अस्पतालको शौचालयमा गएँ । ऐनाको अगाडि उभिएँ । आँखा बन्द गरें । मेरो हात काँपिरहेको थियो । मैले आफ्नो गाउन हटाएँ ।

मैले मेरो स्तन निकाल्नुअघि घण्टौसम्म दोस्रो पटक बनाइने स्तनको केहि तस्विर हेरेकी थिएँ ।

शरीरको कल्पना
त्यसबेलासम्म हामीलाई आफ्नो शरीरको कल्पना गर्न असंभव हुन्छ, जबसम्म स्वंमलाई देख्न पाइँदैन । दाग ‘टी’ आकारको थियो । एकदम सफा । मेरो छातीमा फैलिएको ।

म यसलाई झेल्न सक्थें । तर, म त्यहाँ हेरिरहेकी थिएँ, जहाँ मेरो निप्पल थियो । मलाई थाहा छैन कि म त्यो सानो शौचालयमा कति समय उभिएँ ? वास्तवमा म आफ्नो नयाँ स्तनलाई स्विकार गर्न कोशिस गरिरहेकी थिएँ ।

रुनुको मसँग बिकल्प थिएन । यस्तो लाग्थ्यो कि, म अधुरो हुँ । जस्तो कि, म आफ्नो शरीरलाई देख्न पाउँन्न ।

ओछ्यानमा पल्टदै गर्दा मलाई एक नर्सले रोकिन र सोधिन् कि तिमी ठिक छौं ? मलाई याद छैन कि त्यसबेला के भयो म बेहोस भएछु ।

म आफ्नो शरीर हेर्न चाहन्नथें

शल्यक्रियापछि ५ दिनसम्म अस्पतालमा बसें । तर, मलाई आफ्नो अवस्था स्विकार गर्न गाह्रो थियो । त्यसपछिको चार महिना एन्टिबायोटिकको साइड इफेक्टको कारण अस्पताल आउजाउ गरिरहनुपर्‍यो ।

मेरो पेटमा संक्रमण थियो । मैले निकै गाह्रोगरी आफ्नो शरीरलाई रिकभरको लागि तयार राखेकी थिएँ । त्यस कुरामा भने मेरो चित्त बुझ्दैनथ्यो, कि मेरो निप्पल थिएन । निप्पल बिना मेरो स्तन कस्तो देखिदो हो ?

त्यसले मलाई पक्कै उदास बनाउनेछ । म आत्माविश्वासका साथ रहें । तर मैले ऐना वा अर्काको अगाडि कपडा बदल्न बन्द गरें ।

यो थियो मेरो उपचार
म आफ्नो शरीर हेर्न चाहन्नथें । मेरा पार्टनर मलाई सम्झाउने प्रयास गर्थे कि, ‘तिमी अझैपनि सुन्दर छौं ।’ तर म चिन्तित थिएँ कि नयाँ रुपमा म आकर्षक देखिन्छु ?

मेरो दृष्टिकोण बद्लियो, जब मैले पछिल्लो बर्ष कस्मेटिक ट्यटु आर्टिस्ट क्लेयर लुईस विलिसको टिभी इन्टरभ्यु देखें । उनी निशुल्क रुपमा स्तन क्यान्सरलाई जित्ने महिलाको निप्पलमा ट्याटु बनाइरहेका थिए । उनी यति असल थिए कि, मलाई विश्वास लागिरहेको थिएन ।

त्यसबर्ष भ्यालेनटाइनको बेला मैले आफ्नो स्तनमा निप्पलको ट्याटु बनाएँ । मेरो पालो आउने बेलासम्म म एकदमै उत्साहित थिएँ कि म प्रतिक्षलयमा खुसीले उफ्रिरहेकी थिएँ ।

ममा बीआरसीए १ जिन छ भन्ने थाहा पाएपछिको पहिलो पटक थियो, म आफ्नो स्तनलाई लिएर यति सकारात्मक सोचिरहेकी थिएँ ।

खुसी फर्कियो
मैले ट्याटु आर्टिस्ट क्लेयरसँग लामो समय कुराकानी गरें । मैलें सोधें, ‘कस्तो निप्पल बनाउँ ? पहिलो निप्पल सानो थियो, अब अलि ठूलो र गाढा चाहियो ।’

उनले मेरो निप्पल बनाइदिए । उनले त्यो निप्पललाई त्यसबेलासम्म निखारिरहे तबसम्म मलाई मन पर्दैन । ट्याटु बनाउन दुई घण्टा लाग्यो । ट्याटु बनाइसकेपछि मेरो देब्रे स्तनमा निकै पीडा भयो । दायाँ स्तनमा त्यस्तो समस्या थिएन ।

यो संकेत थियो कि, सारा संक्रमण झेलेपछि पनि मेरो छातीमा नसा पुन बढ्दैछ । मैलें दुखाईको कुनै गुनासो गरिन किनभने मलाई आफ्नो शरीर फेरी आफ्नै जस्तो लागिरहेको थियो । यी सबै यात्रामा पहिलो पटक मलाई खुसीले रुन मन लाग्यो, जब मैले ऐनामा आफ्नो शरीर देखें ।

मेरो ट्याटु, मेरो लडाईको प्रतिक
ट्याटु आर्टिस्टले यस्तो निप्पल बनाइदिएका थिए, जो असली जस्तै देखिन्थ्यो । मानौं, त्यो मेरो नै हिस्सा हो ।

हुन त यो ट्याटु थियो । केवल ट्याटु । तर, यसले मेरो जीवनमा आत्माविश्वास फर्काइदियो । अब म आफ्नो कपडा आफ्ना पार्टनरका अगाडि खोल्न सक्थें । म आफ्नो शरीरलाई गर्वसाथ देखाउन सक्थें ।

यो ट्याटु मात्र थिएन, एक लडाईको निसान थियो । यो यस्तो प्रतिक थियो कि, अब बीआरसीए १ जिनदेखि र स्तन क्यान्सरबाट मेरो लडाई अब सकियो । -बीबीसीबाट

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार