चर्चित गायक उदित नारायण जेठी पत्नीसँगै जन्मथलो पुगेपछि यस्तो

चर्चित गायक उदीतनारायण झा करिब दुई दशकपछि आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झा संगै जेठी पत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने परिबारिक श्रोतले जनाएको छ ।झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो । हाले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनि खास एक सप्ताह बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताएका छन् । जन्मे हुर्केको ठाँउको अत्यन्त माया लागेको भन्दै आफ्नो गाँउमा धेरै दिनपछि आएकोमा खुशी निकै खुशि लागेको बताए ।

झा गाउँ आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजा गरेका छन् ।यस अघि झा आफ्नो मामा घर भारत बिहारको सुपौलमा केहि दिन आएर बसेका थिए । उनी नितान्त भेटघाँटका लागि कार्यक्षेत्र छोडर केहि दिनका आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार