आफ्नै प्रेमिकाको ‘फोटो र नम्बर’ “वेश्या” भन्दै फेसबुकमा राखेपछि

Loading...
Advertisement

आफ्नै प्रेमिकालाई ‘वेश्या’ भन्दै फेसबुकमा उनको तस्विर र फोटो राख्ने लेख्ने एक युवकलाई प्रहरीले हिरासदमा लिएको छ।आफु दुईबीचको प्रेम सम्बन्धमा खटपट परेपछि प्रेमिकाको तस्वीर र फोन नम्बर फेसबुक राखेर जथाभावी लेख्ने २१ वर्षीय विक्रम मल्ल ठकुरी पक्राउ परेका हुन्। उनलाई अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको हो । ठकुरी पतिसँग सम्बन्ध बिच्छेद भएर बसेकी एक ३१ वर्षीय महिलासँग लिभिङ टुगेदरमा रहेका थिए। ठकुरी पाल्पा घरभई हाल ३ वर्षदेखि काठमाडौँ ति महिलासँग सँगै बसिरहेका थिए।

Loading...

प्रहरीका अनुसार, विद्यार्थी समेत रहेका ठकुरीको खर्च पनि महिलाले नै व्यहोर्ने गरेकी थिइन् । तर, जब सम्बन्ध बिग्रियो, महिलाले उनलाई छाडिदिइन् । त्यसपछि उनले महिलाको नाममा नक्कली फेसबुक आइडी बनाएर जथाभावी लेखेका थिए ।

महिलाको फोन नम्बर र फोटो राखेर उनले ‘यो केटी वेश्या हो, …सम्बन्धका लागि सम्पर्क गर्नुस्’ भन्दै लेखेपछि महिला प्रहरीको शरणमा पुगेकी थिइन् ।उक्त उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त महिलाको बारेमा जथाभावी लेखेर फेसबुकमा पोस्ट गर्ने युवा ती महिलाकै प्रेमी भएको खुल्न आएको हो।

दोषी युवकलाई अहिले पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिँदै छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार