भारतको यस्तो गाउँ जहाँ १५० वर्ष देखि होली मनाइएको छैन, यस्तो डरलाग्दो कारण रहेछ

Loading...
Advertisement

एजेन्सी । भारतमा होलीलाई ठूलो चाडको रुपमा लिइन्छ र रंग, नाचगान, भांग सहितधुमधामका साथ मनाउने गरिन्छ। तर भारतमै एउटा यस्तो गाउँ छ, जहाँ विगत एक सय पचास वर्ष देखि होली मनाइएको छैन।

Loading...

भारतको दुर्गापुरका राजा दुर्गाप्रसादले होली पर्व एकदमै मन पराउँथे। उनले होली पर्वमा आफैले कार्यक्रम समेत आयोजना गरेर सबैलाई निमन्त्रणा दिन्थे। एक वर्षको होलीको दिन उनका छोराको असमायिक निधन भयो।

त्यसपछिका वर्षहरुमा जब होली पर्व मनाइन्थ्यो, गाउँका मानिसहरु एकर दुई जनाको मृत्यु हुन्थ्यो नै। यहीकारण राजाले गाउँलेहरुलाई होली नमनाउने आदेश दिए। केही वर्षपछि राजाको पनि होलीकै दिनमा निधन भयो।

त्यसपछि एकर दुई वर्ष गाउँलेहरुले होली मनाउने हिम्मत गरे पनि केही न केही अप्रिय घटना घट्थ्यो नै। त्यसैले उनीहरुले आजसम्म पनि होली मनाउँदैनन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार