प्रेमिकालाई आयो यस्तो प्यारभरा चेतावनी, एकपटक अवस्य पढ्नुहाेस

श्रीराम बस्याल ‘स्वरुप’

प्रिय पात्र,
आज तिमीलाई पात्र र आदरमा तिमी शब्दको प्रयोग गरेको छु। यो शब्दको छनौट गर्नुको कारण तिम्रो गोपनियता भंग हुनेछैन या त भनुँ तिमी फेरि मेरो यो कोमल मन जस्तै अर्को म जस्तै मन भएको पात्र सँग उठबस गर्नमा कुनै ठेस लाग्ने छैन। यति भनिसके पछि सायद तिम्रो मनमा उसले अझै माया गर्छ भन्ने भान हुनुपर्ने आभास केहिलाई लाग्न सक्ला तर नमरि स्वर्ग देखिँदैन भने झैँ तिम्रो संगत नगर्नेले यो कुरा बुझ्न सक्दैन र तिमी नामको पात्र सँग प्रेममा फस्नु फेरि अर्को निर्दोष ब्यक्तिको जिवनको पक्कै एउटा गम्भीर दुर्घटना हुनेछ।

ठूलो प्रेम होइन आकर्षण हो, जहाँ आकर्षण हुन्छ त्यहाँ प्यार हुन्छ , जहाँ प्यार हुन्छ त्यहाँ आकर्षण नहुन पनि सक्छ। कुरो यो हो कि ब्यक्तिले कुन कुरालाई आफ्नो आकर्षणको केन्द्रको रुपमा लिएको छ।

मेरो आकर्षणको केन्द्र पनि तिम्रो रुप, मधुर बोली, सहनशीलता, समझदारीता र तिमिले म प्रति देखाईएका अथवा मेरो मनले प्रेमको रुपमा ठानेका तिम्रा व्यवहार हुन। र मैले सोधेको यो प्रश्नको जवाफमा अरुको लागि के हुनुहुन्छ थाहा भएन तर मेरो लागि perfect हुनुहुन्छ यो तिम्रो प्याजी कलरको लिपिस्टिकको रङले पोतिएका ओठले बोलेको ध्रुबसत्य कुरा हो, मनले चाहिँ के भनिरहेको थियो थाहा भएन तर प्रश्नको जवाफमा तिनै पोतीएका ओठले भनेका थिए ,”म यस्तो कुरामा मजाक गर्दिन ।” यो मन अझै भ्रममा थियो कि उनिबाट छायांकन भएका नजानिदा ती प्रेमिल व्यवहार देखेर यतिसम्म कि हजुरसँग बिहे गर्न पाए त बिहेको मण्डपमै नाचिदिन्थे भन्नसम्म पनि ती ओठ लडबढाएनन।

म स्वतन्त्रतामा रम्ने मान्छे त्यसैले भनेको थिए हरेक गल्ती गर तर मेरो बिश्वास जितेर गर स्विकार्य छ र अर्को कुरा कुनै वैधानिक सम्बन्ध बिना कसैको स्वतन्त्रतामा प्रश्न उठाउनु मेरो वैधानिकता भित्र नपर्ला तर साहित्यले त्यसलाई अवश्य बैधानिक बनाउने छ त्यसैले यो पत्र साहित्यिक रुपमै कोरिएको छ।। मेरो ठाउँमा अरुलाई नराख्नु होला भन्ने उनको शब्द बाट मेरो स्वतन्त्रतालाई बिस्तारै कुण्ठित गर्दै लगेको थियो। आजसम्म नखाएका कसमहरु उनकै जिद्दीका कारण खाइयो बिना भोकमा पनि र बिना स्वादमा पनि ता कि उनिसँगको सम्बन्धमा कुनै उतारचढाव नआओस। सम्बन्ध उनी सँग जति नजिकिँदै थियो अरु बाट उति टाढिदै, त्यसैले होला प्रेम गर्ने मान्छेहरु प्रायः एकान्तको खोजिमा हुन्छन र हामीलाई पनि त्यहि एकान्ततर्फ लम्काईरहेको थियो। बाध्यता भनुँ, रहर भनुँ या परिस्थिति जे भयो भएन बिश्वास जितेरै भयो होला भन्ने म ठान्दछु, सायद तिमी नि यहि ठान्दि हौ।

serious love गर्ने जमाना छैन यो बुझेकै हो र आधुनिकता लाई पनि स्विकार्नु पर्छ त्यो पनि नबुझेको होइन,अझै बुझेको कुरा कसैलाई आस देखाएर निराशामा पार्ने काम गर्नुहुन्न ।। मैले तिमी प्रति कति आसा देखाएँ ,देखाईन तर तिमले अब मेरो लागि देखाउन सायद कुनै चिज बाँकी थिएन जस्तो म आफुले ठान्दथेँ तर सायद अझ बढि आधुनिकता लाई स्विकार गरेको भएर या त समहालिएको भएर हुनपर्छ थप नयाँ आठौं आश्चर्यको रुपमा तिम्रो ब्यवहार नियालिरहेको छु, देखिरहेको छु , विगत र हाल स्मरण गर्दै तुलना गरिरहेको छु। हिजो-हिजो on मा आईज भनेर इसारा दिने तिम्रा ringing आजका दिनमा बन्द भएर यताबाट जाने ती इसारा हरु समेत निर्धारित गन्तव्यमा पुग्न नपाउँदै सम्पर्क विच्छेद भएका छन त पुगेर नि निर्धारित लक्ष्य हासिल गर्न सकिरहेका छैनन। परिवर्तन तिमी भएकि थिईनौ होला सायद मात्र मलाई आफुबाट परिवर्तन गराएकि थियौ।

active now भएर नि message seen नगरेको, seen गरेर पनि reply नदिएको, जतिखेर call गर्दा नि phone waiting मा रहेको, अरुको photo मा मस्कि-मस्कि comment गरेको जस्ता गम्भीर आचरणको उल्लंघन गरेको आरोपमा तिमिसँगको सम्बन्ध अब पहिले जस्तै समानान्तर रुपमा चल्न नसक्ने भनी यो मन उर्दी जारि गर्दछ। साथै यसबाट हुने परिणामको भागदार पनि तिम्रो कठपुतली जतिजाना पनि हुल्न मिल्ने,sense नभएको, बालुवाको जस्तो घर भएको मन तिमि स्वयंम नै हुनुपर्ने र अबदेखि messenger को पहिलो नम्बरमा हरियो रङको बत्ती बालेर बाहिर उज्यालो छरेजस्तो गरेता पनि भित्री मन अन्धकार पार्ने काम तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छ।।

~ मनचोक, आत्मिय मन

साभारः नेपालदृष्टिबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार