कण्डम प्रयोग गर्दै हुनुहुन्छ? याद राख्नुहाेस् बाहिरियो यस्तो भयानक तथ्य

Loading...
Advertisement

यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्नु अत्यावश्क छ । कण्डमको प्रयोग नगरेको खण्डमा विभिन्न यौनजन्य रोगको जोखिम अत्याधित मात्रामा बढ्छ ।

पुरानो पार्टनरको तुलनामा नयाँ पार्टनरसँग यौन सम्पर्क गर्दा यौन रोगको जोखिम निकै बढि हुन्छ । तर यो कुरा सबैलाई थाहा हुँदा हुँदै पनि झण्डै आधा पुरुषहरुले नयाँ पार्टनरसँग पहिलो पटक सेक्स भने कण्डमको प्रयोग नगर्ने गरेको पाइएको छ । बेलायतको युगोभ नामक संस्थाले १६ देखि २४ वर्ष उमेर समुहका २ हजार भन्दाबढि मानिसहरुमा गरेको अनुसन्धानमा ४७ प्रतिशत मानिसहरुले नयाँ पार्टनरसँगको पहिलो यौन सम्पर्कमा कण्डमको प्रयोग नगरेको बताएका छन् ।

Loading...

उनीहरुमध्ये १० जनामा १ जनाले भने कहिल्यै पनि कण्डमको प्रयोग गरेको बताएको थिए । सर्वेक्षणमा सहभागी एक तिहाई युवाले टेलिभिजन तथा फिल्ममा कहिल्यै पनि कण्डम शब्दको प्रयोग गरिएको थाहा नपाएको बताए ।

सो सर्वेक्षण इङ्ल्याण्ड जनस्वास्थ्य अभियानअन्तर्गत कलिला युवाहरुमा यौन रोगको कमि गर्नको लागि सञ्चालन गरिएको थियो । इङ्ल्याण्डमा कलिला युवाहरुमा यौन रोगको संक्रमण दर निकै बढि रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार