दु:खद खबर : नातिनीको बिदाई सगैं हजुरबुवाको मलामी निस्कियो

Advertisement

सहबान अन्सारी (नवलपरासी) !! नवलपरासीमा एकै दिन एक घरमा डोली र मलामी एउटै घरबाट एकै साथ निकालिएको छ ।

बिहिवार प्रतापपुर गाउपालिका वडा न. ५ श्रीरामपुर बस्ने गैसुदिन अन्सारीको छोरी वर्ष २० कि रूखसाना खातुनको विवाहका दिन पक्का भएको हुदाँ बिवाहको लागी पाल्हि नन्दन गाउपालिका वडा न.३ कुश्मा बाट बिहिवार जयन्ती आएको थियो ।

जयन्ती आउनै दिन सो घरमा करिब एक साल देखी शिकिस्त बिरामी परेका अन्सारीको बुवा अर्थात खातुनको बाजे ७५ वर्षीय अजमुल्लाह अन्सारीको बिहीबार नातनी खातुनको विवाहको दिन बाजे अन्सारीको आकास्मिक निधन भएको थियो । नातनी खातुनको डोली करिब ३बजे निस्केको थियो ।

त्यही बाजे अन्सारीको मलामी ( जनाजा)चिहानका लागि करिब ४ बजे निस्के पछि पुरै गाऊँ शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार