गभर्नरलाई साँढे सातको खड्को, अब को बन्दैछन् गभर्नर ?

Loading...
Advertisement

काठमाडौं, २५ फागुन । २०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको प्रभावमा गभर्नर नियुक्त भएका डा.चिरञ्जीवी नेपाललाई एमाले सरकार साँढे सात साबित भएको छ ।

त्सयसमाथि डा.युवराज खतिवडा अर्थमन्त्री भएपछि त उनको डुलिखाने गभर्नरका जागीरमा ब्रेक लाग्न पुगेको छ । युवराज खतिवडासँग उनको पुरानो दुश्मनी छ ।

Loading...

यहीकारण गभर्नरले अर्थमन्त्री बनेका युवराज खतिवडालाई बधाई पनि दिएका छैनन् । बरु पदत्याग गर्छु भनेर राजीनामा दिने निर्णयमा पुगेका छन् गभर्नर चिरञ्जीवी नेपाल ।

अब को बन्ला त गभर्नर ? राष्ट्र बैंकभित्र हल्ली खल्ली छ । यतिबेला गभर्नरको लाइनमा महाप्रसाद अधिकारी, दीपेन्द्र क्षत्री र चिन्तामणि सिवाकोटी रहेका छन् ।

खतिवडाका प्रियपात्र महाप्रसाद छन् तर प्रधानमन्त्रीसम्मको राम्रो पहुँच दीपेन्द्रबहादुर क्षेत्रीको । गभर्नर हुने दौड सुरु भइसकेको छ । हेर्नुछ, प्रधानमन्त्री केपी ओलीको आशीर्वाद कसको थाप्लोमा पर्छ ?

करोड घोटला : रगत र पसिनाबाट आर्जित डिपोजिटमा फुपूको श्राद्ध !
नेपाली बैंक तथा वित्तीय संस्थाले अहिले जनताको पैसामा घुमाउरो पारामा जताततै घोटला भएका घटना सार्वजनिक भएका छन् । आधा दर्जन बैंक तथा वित्तीय कम्पनीहरूले बैंकको नयाँ आईटी सफ्टवेयर धमाधम खरिद गरेका समाचार बाहिर आएका छन् । केही महिना अगाडि एउटा वाणिज्य बैंकमा विदेश पठाएको पैसा ह्याक भएपछि बैंकहरूले विश्वव्यापी सफ्टवेयर ‘फिनाकल १०’ आईटी खरिद गरेका छन् ।

कुमारी बैंक ४ वटा विकास बैंकसँग मर्जर भएपछि नयाँ आईटी खरिद गरी सबै ४ वटै विकास बैंकको कारोबार ‘फिनाकल १०’ सफ्टवेयरबाट आज शुक्रबारबाट बारोबार सुरु गरेको स्रोतको दाबी छ ।

कुमारी बैंकका अध्यक्ष सन्तोष कुमार लामा र सीईओ सुरेन्द्र भण्डारीले ‘फिनाकल १०’ सफ्टवेयर खरिद गरी करोडौं कुम्ल्याएको नाम नलेख्ने शर्तमा एक सञ्चालकले बताए । बंगलादेशबाट रु ३० करोड मूल्यमा खरिद गरी ८० करोडको एलसी खोली ५० करोड घोटला गरेको बैंकका ती सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए ।

ती सञ्चालकले नाम भने, ‘हाम्रो सञ्चालक समिति बैठकले नयाँ सीईओ आएपछि आईटी खरिद गर्ने निर्णय गरेको थियो । त्यसपछि सीईओ भण्डारी र अध्यक्ष लामाले एउटा बंगलादेशी कम्पनीसँग महंगो मूल्यमा ‘फिनाकल १०’ सफ्टवेयर खरिद गरी करोडौं कुम्ल्याएका छन् ।’ अध्यक्ष लामा अचेल दिनभरि बैंकमा नै ड्युटी गर्छन् । उनको कोठा छुट्टै छ । उनको सबै खर्च बैंकबाट सीईओ भण्डारीले दिएको ती सञ्चालकले बताए ।

अर्को कुरा के छ भने सीईओ भण्डारी र अध्यक्ष लामाले कुमारी बैंकका पुराना तथा राम्रा कर्मचारीहरूलाई राम्रा ठाउँमा जिम्मेवारी नै दिएका छैनन् । सेञ्चुरी बैंकका सीईओ अनुजमणि तिमिल्सिनालाई डिपुटी सीईओ बनाएर कुमारी छिराएका छन् । तिमिल्सिनाका आफ्नै भाइ मनिष तिमिल्सिनालाई एजिएम बनाएर सेञ्चुरीबाटै लगेको फेला परेको छ ।

काण्टमाण्डप डेभलपमेन्ट बैंकका पूर्व सीईओ उमेस भण्डारी र कुमारी बैंककै पूर्व निमित्त सीईओ राजीव गिरीलाई जिम्मेवारी नदिई पेण्डुलम बनाएको ती सञ्चालकले दाबी गरे । पछिल्लो समय राप्रपाका नेता लामा अध्यक्ष भएपछि राप्रपाकै सैद्धान्तिक विचारधारा राख्ने भण्डारीलाई सीईओमा सिद्धार्थ बैंकबाट कुमारी बैंक भित्र्याएका थिए ।

कुमारी बैंकमा भण्डारी सीईओ भए पनि अध्यक्ष लामा र सीईओ भण्डारीको जोडीले आईटी सफ्टवेयर खरिददेखि भवन बनाउने योजनासमेत गरेर जनताको पैसामा ठूलो रकम घोटला गरेको फेला परेको छ । पूँजी वृद्धिमा अरू वाणिज्य बैंकहरूले ८ अर्ब पुर्याए पनि कुमारीको ६ अर्बभन्दा कम छ । राइट शेयर दिने निर्णय भए पनि बैंकभित्रको गडबडीले स्वीकृत भएको छैन ।

शाखा सञ्जाल अत्यान्तै कम छन् । दुर्गममा कुमारी बैंक गएको छैन । राष्ट्र बैंक र अख्तियारमा सीईओ भण्डारी र अध्यक्ष लामा विरुद्ध उजुरीको चाङ नै छ । तर पनि नयाँ आईटी सफ्टवेयर ‘फिनाकल १०’ खरिद गरेर जनताको करोडौं पैसा घोटला गरेको भेटिएको हो ।

व्यावस्थापन टिमको तलदेखि माथिसम्म नेतृत्व नै परिवर्तन गरी अध्यक्ष लामा र सीईओ भण्डारीले जनताको रगत र पसिनाबाट आर्जित डिपोजिटमा फुपूको श्राद्ध गरेको भेटिए पनि राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले किन कारबाही गर्दैन । यो खोजीको विषय बनेको छ । राजतिलकका साथमा ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार