भर्खरै काठमाडौंबाट हिडेको बसको आयो निकै डरलाग्दो खबर

Advertisement

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६, जरेमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख २८६८ नम्बरको ग्रामीण यातयातको बस शुक्रबार बिहान सडकबाट खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए।घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं । नेताहरु भन्ने गर्छन्-जोगी बन्नलाई राजनीति गरेको होइन । तर, राजनीति गरेर जोगी बनेका धेरै नेता अहिले पनि सडक नापिरहेका छन् ।राजनीतिमा लागेर कहिल्यै तल हेर्नु नपरेका भाग्यमानीहरु सिमित व्यक्ति हुन्छन् । उनीहरु मध्ये एक हुन्-कृष्णबहादुर महरा, जो प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् ।

माओवादी पार्टीभित्र उनका आलोचकहरु महरालाई ‘तीन प’ (पद प्रतिष्ठा र पावर) का पर्याय भन्छन् ।१० वर्षको छोटो अवधिमा तीन पटक उपप्रधानमन्त्री, पाँच पटक मन्त्री भएका महरा ५ पटक सांसद भइसकेका छन् । अब ५ वर्षका लागि उनको सभामुख पद सुरक्षित भएको छ । माओवादीमा यति भाग्यमानी नेता सायदै कोही होलान् ।

माओवादीमा उनलाई गणतन्त्रका विजयकुमार गच्छदार पनि भन्ने गर्छन् । पद र पावरभन्दा बाहिर बस्नै नसक्ने प्रवृतिलाई बिजय गच्छदार प्रवृति भनेर व्यंग्य गरिन्छ । माओवादीभित्र उनका आलोचकहरु र अवसर नपाउनेहरुले महरालाई यसैगरि व्यंग्य गरिरहन्छन् । तर, ट्रक साहित्य जस्तै, जल्नेको मन जलिरहन्छ, कृष्णवहादुर महराको सत्तायात्रा चलिरहन्छ ।

राजनीतिमा लागेपछि महराले पार्टीसत्ता र राज्यसत्ताको उकालो यात्राबाट कहिल्यै ओह्रालो लाग्नुपरेको छैन । यसपटक महरा सभामुख हुनुलाई भने उनका निकटस्थहरुले रहर भन्दा पनि बाध्यता हो भनेर बुझिदिन आग्रह गरेका छन् । उनका एक सहयोगीले भने, ‘उहाँले सभामुखमा रहर गर्नुभएको थिएन तर पार्टीभित्रको परिस्थिति र अन्य दलका नेताहरुको पनि आग्रहले यस्तो परिस्थिति आयो ।’

पाँच वर्षका लागि सभामुख भएपछि महराको पार्टी सत्ताको उकालो यात्रामा भने ब्रेक लागेको छ । सभामुख भएसँगै उनले पार्टीको जिम्मेवारीबाट राजस्नामा दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार