कोटेश्वरमा खुल्यो क्यालिबर ब्राण्डको अाउटलेट, अध्यक्ष थापाले गरे उद्घाटन

काठमाडौं, फागुन २५ । क्यालीबर ब्राण्डको जुत्ताको पसल कोटेश्वरमा उद्घाटन गरिएको छ । शुक्रबार एककार्यक्रमकाबीच क्यालीबर सुज पसलको उद्घाटन कोटेश्वर व्यवसायी संघका अध्यक्ष एवं राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज थापा र सञ्चालक रामप्रसाद गौतमकी छोरीलेसंयुक्त रुपमा गरे ।

कोटेश्वरस्थित प्राइम बैंक अगाडी रहेको श्रेष्ठ कम्प्लेक्समा खोलिएको उक्त पसल व्यवसायी रामप्रसाद गौतमले सञ्चालन गरेका हुन् । पसलमा क्यालीबर ब्राण्डका स्पोर्ट तथा पार्टी सुज सबै उपलब्ध हुने सञ्चालक गौतमले जानकारी दिए ।

सञ्चालक गौतमले दिएको जानकारी अनुसार क्यालीबर ब्राण्डका जुत्ताहरु विशेष गरेर युवा पुस्ता लक्षित साथै सबै उमेर समूहका लागि उपलब्ध हुनेछ ।

अार्थिकन्यूजबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार