गगन जी कांग्रेसले चाहीं जनतालाई हिसाब किताब दिनु पर्दैन ?

Loading...
Advertisement

आज बाम गठबन्धनको घोषणा पत्र विरूद्ध सदनमा निकै चर्का भाषण ठोक्नु भो, तर यत्ति पनी बीर्सनु भो कांग्रेसको घोषणा पत्र पनी केहि कम छैन भनेर ? कांग्रेसले चाही आफ्नो घोषणा पत्रमा किन मेट्रो र फ़्लाई ओभरको फ़ोटो राखेको नी ? की नेपाली जनतालाई झुक़याउने अधिकार कांग्रेसलाई मात्र छ ? नेपाली राजनीतिक इतिहासमा सबै भन्दा धेरै सरकार चलाउने नेपाली कांग्रेस नै होईन र ? अनि कांग्रेसले चाही जनतालाई हिसाब किताब दिनु पर्दैन र ? लेनदेन र हिसाब किताब भनेको बराबर हुनु पर्दछ, तर यो त लिनु छ भने सम्झेंर लिने तर दिने ठाऊमा चाही बिर्सेको भान गरे जस्तो भएन र ? अर्कों कुरा क़ुन कम्युनिस्ट सुद्द र क़ुन कम्युनिस्ट असुद्द छुट्याउनुको सट्टा आफ्नो पार्टी कति सुद्द छ र कति असुद्द छ त्यों चाहि पहिले छुट्याउनु राम्रो हुन्छ ।

अब कांग्रेसको योगदानको पनी चर्चा गरौ ।
मेलम्ची खाने पानीमा भ्रस्टाचार गरेर सेर बहादुर ९ महिना जेल परेको, अनि फास्ट ट्रयाक इन्डियालाई दिएर करोडौ कमिसन खान खोजेको, भुकम्प पिडितको जस्तापाता समेत नछोड्ने, उद्योग कलकारखाना कमिसन खाएर व्यापारीलाई कौडीको भाउमा बेचेको, भ्रस्टचारीले पनि चुनाब लड्न पाउनु पर्छ भनेको, सधै प्रजात्रन्त्र ल्याए भनेर धाक लगाउने, ६० लाख युवालाई खाडी जान बाध्य पारेको, यो पाली सकिन अर्को पालि संबिधान संसोधन गर्छु प्रभु भनेर मोदीलाई बिन्ति चढाएको, चिनिया रास्ट्रपतिको नेपाल भ्रमण रोकेर भारत खुसि पार्न केपी सरकार ढालेको, चिनिया रेल रोक्ने भारतीय चाहनालाई साथ दिएर रेल बनाउने कुरामा आलटाल नीति अबलम्बन गरेको, लाउडा धमिजा लगाएत अनगिन्ति काण्ड मच्चाएको, नदि नाला भारतलाई बुझाइ सकेको, आफै महाकाली बेचेर केपिलाई दोष लगाएको, आफ्नै पालामा नाकाबन्दी भएर पनि नाकाबन्दी भन्न नसकेको, देश बनाउने कुनै भिजन र मिसन नभएको, सरकारी सस्थांनहरुलाइ कार्यकर्ता भर्ति केन्द्र बनाएर आर्थिक भार पारेर घाटामा पुर्याएको, राज्य कोस बाट करोडौ रकम आफ्ना कार्यकर्तालाई बाडेको, सत्ता टिकाउन ६४ जनाको मत्रिमंडल बनाएर देशलाई अर्बौको भार पारेको, स्वच्छ छविको भूपू प्राधान न्यायधिसलाइ महाअभियोग लगाएर स्वत्रन्त्र न्यायालयको काममा हस्तक्षप गरेको, आफ्नालाई आइजीपी बनाउन नवराज सिलवाललाई अन्याय गरेको, लोकप्रिय मनमोहन सरकार केपी सरकार आदि ढाल्न माहिर, प्रजात्रन्त्र दरबारमा बुझाएको, कम्युनिस्टहरुले जिते भने रुन समेत पाइदैन, देशमा अधिनायक बाद आउछ आदि भनेर झुटो भ्रम फिजाउने, सांसदलाई पेन्सन चाहियो भनेर आफ्नो मात्र भबिश्य हेर्ने, सरकारमा रहदा बिदेस भ्रमणमा रमाउने,चुनाबको बेला मेट्रो रेल देखि लिएर सुदुर पक्षिमलाइ सुनको टुक्रा बनाउछु भनेर जनता झुक्याउने पार्टीलाई जनताले यो चुनाबमा राम्रो संग पाखा लगाई दिए ।

Loading...

अझै पनि यदि कांग्रेसको बिस्वास गर्ने हो भने देशमा परिबर्तन कहिले पनि आउने छैन । त्यस्तो पार्टीलाई पनि राम्रो पार्टी भनेर बखान गर्ने, गल्ति र कमजोरीहरू ढाक छोप गर्ने गगन थापाको स्वाभिमान देखेर त दया लाग्यो । त्यसैले नेपाली जनताले गगनलाई र कांग्रेसलाई होईन बाम गठबन्धन बिस्वास गर्नु पर्छ । त्यों अपार बिस्वास यो चुनावमा पनी देखियो । त्यस कारण भ्रस्ट र असक्षम पार्टीमा बसेर गगनले केहि गर्न सक्ने वाला छैनन् । अरु पार्टीमा भन्दा गगनलाई कांग्रेस मै भबिश्य छ, तर नेपाली जनाताको कांग्रेसमा भबिश्य छैन भनेर बितेको ७० बर्षमा प्रमाणित भैसक्यो ।

धेरै चोटी बहुमतको सरकार चलाएर असफल भएको कांग्रेसलाइ अझै कति मौका दिने ? अब एकचोटी कम्युनिष्टको बहुमतको सरकारको काम पनि हेरौ, केहि गरेनन भने हामि सबै मिलेर नया बिकल्प खोजौला । राजनीतिक परिबर्तन होइन आर्थिक परिबर्तनलाइ अबको बाटो बनाउने पार्टीलाई समर्थन र सहयोग गरौ, परिवर्तन पक्कै पनी आउनेछ । त्यस कारण गगनले आज संसदमा बोलेको कुराले ज़िम्मेबार प्रतिपक्ष भंदा पनि सत्ता बाट हटनू पर्दाको पीड़ा र आक्रोस धेरै देखियो । (यत्ति तथ्य बुझे पछि सच्चा देशभक्त हु भनेर कांग्रेसमा लागेकाहरुले आत्म हत्या गरे पनि हुन्छ ,पार्टी छोडे पनि हुन्छ । ((गलत आरोप लगाईदैन, रास्टघातीहरुलाई सघाइदैन))

(नोट:- यो लेखको उदेश्य रास्टघाती बिरुद्ध जनमत तयार गर्नु र रास्टघातिहरुलाई नंग्याउनु मात्र हो )

मिन बहादुर पण्डित जीको फेसबुक वालबाट ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार