जापानको टोकियोमा एक नेपालीले युवती माथि यस्तो काण्ड मच्चाएपछि – भिडियो

Advertisement

टोकियो, जापान । एक जापानी युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा टोकियोमा एक नेपाली युवक पक्राउ परेका छन्।

भोकेसनल स्कुलमा अध्ययनरत २६ वर्षीय अनुज देवकोटा नाम गरेको युवकले गत नोवेम्बरमा जापानी युवतीमाथि यौन दुर्व्यवहार गरेको जापान प्रहरीलाई उद्धृत गर्दै जापानी संचारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन्।नेपालको चितवन भरतपुर घर भई हाल टोकियोको सुगिनामी वार्ड नारिताहिगासी बस्दै आएका देवकोटाले नजिकैको कन्भिनियन्स स्टोर अगाडिबाट युवतीलाई पछ्याउँदै गई युवतीको घर अगाडिसम्म पुगेर यौनजन्य व्यवहार गरेका थिए ।

युवतीको चिउँडो तथा छातिमा चोट लागेको समाचारमा उल्लेख छ । शुरुमा देवकोटाले युवतीलाई ‘तपाइँको सामान खसेजस्तो छ’ भनेर वोल्ने बहाना बनाएको बताइएको छ। घटनाको विषयमा युवकले भने बोलाएको सत्य हो तर नजिक परेको तथा यौनजन्य व्यवहार गरेको भने अस्वीकार गरेका छन्। घटनाको बारेमा थप अनुसन्धान भैरहेको बताइएको छ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार