आईसीसी विश्वकप छनोट क्रिकेटमा अाज नेपालको गर या मरको खेल लाइभ!

Loading...
Advertisement

आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले केहीबेरपछि समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ । नेपाल र हङकङबीचको खेल दुई टिमबीचको महत्वपूर्ण खेल नभई अन्य राष्ट्रका लागि पनि उत्तिकै महत्वपूर्ण भएको छ । नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ ।

हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । असम्भवजस्तै तर अंक तालिकामा मात्रै झिनो आश नेपाललाई छ । नेपाल अहिलेसम्म जारी प्रतियोगितामा तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो ।

Loading...

दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा भने अफगानिस्तानसँग ६ विकेटले पराजित हुँदै प्रतियोगितामा निकै खराब प्रदर्शन गरेको हो । यता, हङकङले भने पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटको पराजय भोगेको थियो । तर दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानमाथि ३० रनको जित दर्ता गराएको थियो । आफ्नो तेस्रो खेलमा हङकङ आयोजक जिम्बावेसँग ८९ रनले पराजित भएको थियो ।

विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि यी दुई खेल निकै निर्णायक छन् । हङकङसँग सोमबार हुने खेलले अझै यसको स्पष्ट निक्र्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना रहन सक्छ ।

समान ६ अंक जोडेको जिम्बाब्वे र स्कटल्यान्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । दुवै टोलीले तीन खेल खेलेका छन् । चार खेल खेलेको अफगानिस्तानसँग २ अंक छ । हङकङले ३ खेलबाट २ अंक जोडेको छ भने नेपालले कुनै अंक जोड्न सकेको छैन।

पछिल्लो तीन खेल हेर्ने हो भने नतिजा नेपालको पक्षमा छैन । २०१४ को विश्वकप छनोट(आइसिसी ट्रफी) मा १० विकेटले पराजित भएको नेपाल केही महिनाअघि विश्वकप क्रिकेट लिग च्याम्पियनसिपमा ८३ रनले पराजित भएको थियो ।

लाइभ खेल सुन्नुहाेसः

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार