दुर्घटना बारे बुझ्न प्रधानमन्त्री अोली विमानस्थलमै पुगेर यसो भने…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए । उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार