भारतमा १८६ जना यात्रु बोकेको जहाजको अाकशमै इन्जिन फेल भएपछि…

Advertisement

एजेन्सी। नेपालमा दुखद् विमान दुर्घटना भएकै दिन भारतमा उडिरहेको विमानको इन्जिन अकस्मात बन्द भएपछि आज इण्डिगो एयसलाइन्सका ४७ उडान रद्द गरिएका छन् ।

भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले एयसबस ए–३२० विमानका प्रेट एण्ड ह्वीटनी इन्जिनमाथि प्रतिबन्ध लगाएको छ । हिजोमात्र अहमदाबादबाट लखनउ गइरहेको इण्डिगो एयरलाइन्सको एक विमानको इन्जिन हावामै बन्द भएको थियो ।

अहिले भारतको इण्डिगो एयरलाइन्स र गोएयरसँग गरी एयरबसका ११ वटा ए–३२० जहाज छन् । ११ मध्ये ८ विमान इण्डिगो र ३ विमान गोएयरका छन् । यी एयरलाइन्सलाई तत्काल ती विमानको इन्जिन फेर्न निर्देशन दिइएको छ ।

निर्देशनसँगै इण्डिगो एयरले आफ्ना ४७ आन्तरिक उडान रद्द गरेको छ । सोमबार इण्डिगो विमान उडेको केही समयमै इन्जिन फेल भएपछि यसलाई आकस्मिक अवतरण गराइएको थियो । विमानमा १८६ जना सवार थिए ।

डिसीनेपालबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार