बंगलादेशले बिमान दुर्घटनाको कारण यस्तो बताए पछी सबै परे चकित !

Advertisement

काठमाडौं, २९ फागुन । सोमबार काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा विमानस्थल एयर ट्राफिक कन्ट्रोलरुम ९एटिसी०को कमजोरी भएको बंगला एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रमुख इमरान असिफले बताए अनुसार चालक तथा विमानको कुनै खराबी नभएको बरु एटिसीले दिनपर्ने सही जानकारी नदिएको कारण उक्त दुर्घटना हुन पुगेको बताए ।ढाका स्थित युएस बंगलाको कार्यालयमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले ढाकाबाट सुरक्षीत उडान भरेको विमान र विमान चालकमा कुनै समस्या नभएको बरु काठमाडा स्थीत ट्राफिक कन्ट्रोलबाट नै गलत निर्देशनका दिएका कारण जहाज दुर्घटना हुन पुगेको दाबी गरेका छन् ।

यता त्रिभुवन विमानस्थलले भने बिमान दुर्घटनामा पाइलटको नै दोष रहेको र टावरको निर्देशन नमानेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार