भर्खरै धनकुटाबाट अायो यस्तो दुःखको खबर

Advertisement

धनकुटा — कोसी राजमार्गको धरान धनकुटा सडक खण्डअन्तर्गत सागुरीगढी-६ मा मंगलबार मध्याह्न भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

स्काभेटर बोकेर धनकुटातर्फ जाँदै गरेको ना ५ ख १९३६ नं. को ट्रक ब्रेकफेल भएर पल्टिँदा सागुरीगढी-७ का रामजीत राई र वीरबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जना सडक विभागका सडक सफा गर्ने कर्मचारी रहेको जनाइएको छ ।

दुर्घटनामा रामेछाप मन्थली-७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका सनम तामाड र धादिङका रमेश भण्डारी घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार