सुटिङको क्रममा अमिताभ बच्चनलाई अचानक यस्तो भएपछी सबै परे तनावमा !

Loading...
Advertisement

सुटिङको क्रममा अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ । यस बारे उनले आफ्नो व्लगबाट जानकारी दिएका छन् ।शुरुमा स्वास्थ्य जाँचका लागि आफ्नो फिल्मको शुटिङ छोडेर राजस्थानबाट मुम्बई जान लागेको समाचारहरु सार्वजनिक भएका थिए ।तर चिकित्सकहरुको एक टीम जोधपुर नै पुगेर अमिताभ बचनको स्वास्थ्य जाँच गर्नेछन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार डाक्टरहरुको टीम त्यस होटलमा प्रस्थान गरेको छ जहाँ अमिताभ बच्चन रहेका छन् ।

मेडिकल चेकअपपछि डाक्टरहरुको टीम मुम्बइ फर्कने छ । यतिबेला अमिताभ फिल्म ठग्स अफ हिन्दूस्तानको शूटिङका लागि राजस्थानको जोधपुरमा रहेका छन् ।स्वास्थ्यमा समस्या आएपनि अमिताभवले शुटिङलाई भने नरोक्ने समाचारहरु सार्वजनिक भएको छ ।जाँचपछि उनी शुटिङका लागि तयार हुने छन् ।

Loading...

ठग्स अफ हिन्दुस्तानमा अमिताभ बच्चन आमिर खानसँग मुख्य भूमिकामा देखिने छन् । यशराज फिल्मस्को व्यानमा बन्न लागेको फिल्ममा अमिताभ पहिलो पटक आमिरसँग देखिन लागेका हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार