नागरिकताधारी रोबोट सोफियालाई नेपाल ल्याइदैं

काठमाडौँ। मानवको रुपमा नागरिकता पाएकी पहिलो रोबोट सोफियालाई नेपाल ल्याइदैंछ। उनलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले आयोजना गर्न लागेको एक कार्यक्रमका लागि बुधबार नेपाल ल्याउन लागिएको हो। सोफियाले उक्त कार्यक्रममा आफ्नो मन्तव्य समेत दिने जनाइएको छ। हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले यस रोबोटलाई निर्माण गरेको हो। यो रोबोटलाई सन् २०१५ मा एक्टिभ गरिएपनि

पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्यमार्चमा अस्टिनमा गरिएको थियो। यो रोबोटलाई साउदी सरकारले नागरिकता दिएको हो। नागरिकता पाएसँगै रोबोट सोफियाको विश्वभर चर्चा समेत भएको थियो। पछिल्लो समय सोफियाले व्यक्त गरेको चाहनाले उनी झनै चर्चामा छिन्। उनले आफू आमा बन्ने चाहना राखेकी थिइन्।

भिडियो हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार