यस्तो त छ नेपालमा, हेर्नुस त नक्कली डाक्टर ५ हजारमा छुटे…

Loading...
Advertisement

काठमाडौं- विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरि अहेवको जागिर खाएको आरोप लागेका अहेवलार्इ ५ हजार धरौटीमा रिहा गरेको छ। आङ्दिम स्वास्थ्य चौकी, तेह्रथुमका रामलाल सुनुवारलाई धरौटीमा रिहा गरिएको हो। न्यायाधीशहरु बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालशले उनलाई धरौटीमा रिहा गरेको हो ।

अहेव सुनुवार विरुद्ध २०७४ कात्तिक ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले कक्षा १० नै अध्ययन नगरी कास्की जिल्ला पोखरा उप–महानगरपालिकास्थित गण्डकी बोर्डिङ स्कूलको नक्कली छाप र प्याड बनाई आफैंले प्रिन्सिपलको सहिछाप गरि मार्कसिट र चारित्रिक प्रमाणपत्र बनाएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

Loading...

सुनुवार अहेब हुनका लागि एसएलसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्रहरु पेश गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दावी थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार