सुपरहिट फिल्म शत्रुगतेपछि मह सञ्चारकाे ब्यानरमा बन्दै दालभात तरकारी फिल्ममा नेपालकै टप कलाकारहरू… भिडियो

Advertisement

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेका छन् । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको बीच गरिएको हो । यसलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह(निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, टिमकै अघिल्लो फिल्म ’शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए ।

यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुँदैछ । वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने घोषणा समारोहमा जनाइयो । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ । मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

भिडियोः

मदन कृष्ण श्रेष्ठ ( फिल्ममा हामीले आम मानिसकै कथा पेश गर्दैछौ । यसमा पनि केहि भिन्न भूमिकामा मलाइ दर्शकले देख्न पाउनु हुनेछ । फिल्मलाई सरल बनाउन टिम प्रयासरत छौ । हाम्रो टिमले दर्शकलाई राम्रो फिल्म दिने कोशिस गर्नेछौ ।
हरिवंश आचार्य ( पछिल्लो फिल्म ’शत्रु गते’ मार्फत कमगरेपछि हामी फेरी नयाँ फिल्मको तयारीमा जुटेका छौ । फिल्मको क्याप्टेन यसपटक सुदन छन् । उनलाई किरणकै छोरा भएको भन्दा पनि प्रतिभा भएको कारणले क्याप्टेनशिप दिएका हौ । उनले शत्रु गतेमा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए भने हलिउड फिल्ममा पनि सघाईसकेका छन् । फिल्ममा हामी दाल भात तरकारी खानको लागि संघर्षको कथालाई देखाउने कोसिश गरेदेछौ । फिल्म पूर्णतया मनोरन्जनात्मक हुनेछ । फिल्मलाई हामी नयाँ वर्षको बैशाखमा दर्शक समक्ष ल्याउनेछौ ।

सुदन केसी ( अवसर र चुनौती दुवै हो मेरो लागि दाल भात तरकारी । फिल्ममा यसकै लागि गरिने संघर्ष देखाउनेछौ । यस ब्यानरबाट निर्माण भएका फिल्म सफल मात्र छैनन् , दर्शकको प्रिय पनि छन् । यसैले केहि जिम्मेवारी पनि बढेको भान भएको छ । मह सञ्चार शाख बढाउने फिल्म बनाउने प्रयास गर्नेछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार