बाल कलाकार सम्राट दाहालको दोस्रो भिडियो ’ए इज फर एप्पल ‘

Advertisement

सम्राट क्रिएशनद्वारा बाल गायक आयुष के.सी.को स्वरमा रहेको बालबालिकाहरु प्रति लक्षित गर्दै ए इज फर एप्पल बोलको शैक्षिक गीतको भिडियो सावजनिक भएको छ । सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बाल गीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने सुजिता सिटौलाले छायांकन गरेको यस बाल शैक्षिक गीतको भिडियोलाई सुरेश राउतले संपादन गरेका छन् ।

यस सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीत ‘मलाइ मेरै नेपालको माया छ ‘मा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।

यस शैक्षिक गीतका गायक के.सी.लाई बाल गाएक खोज्नेक्रममा निक्कै ठाउँ पुगेपछि मात्र भेटीएको निर्देशक दाहाल बताउँछन् । उनि भन्छन् यस गीतले बालबालीकाहरुलाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । अझ भनौं बालबालिकाहरुलाई यस गीतबाट निकै नै पढाई र सिकाइकालागि सहयोग पुग्ने छ । यस भिडियोमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा बढिनै मिहेनत गरेर राम्रो अभिनय गरेको निर्देशक बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार