गम्भिर दुर्घटनामा हात काटिएका यी ब्यक्तिकाे हात जोगाउन डाक्टरले गरे यस्तो चमत्कार

Loading...
Advertisement

एजेन्सी। फ्याक्ट्रीमा काम गर्ने क्रममा एक व्यक्तिको हात नाडीबाट काटिएर शरीरबाटै अलग भयो । हात यतिसम्म क्षतिग्रस्त भएको थियो कि त्यो हातलाई तत्कालै जोड्न असम्भव थियो । डाक्टरहरुले त्या हातलाई बिग्रन नदिन निकै विचित्रको उपाय अपनाएका छन् । डाक्टरको उपायले ती व्यक्तिको हात पुनः जोडिएको छ ।

घटना चीनको हुनान प्रान्तको हो । यहाँका एक व्यक्तिको काम गर्ने क्रममा हात काटिएको थियो । काटिएको हातसहित अस्पताल पुगेका उनको हात तत्कालै जोड्न असम्भव थियो । अप्ठ्यारोमा परेका डाक्टरले आइडिया निकाले र निकै अनौठो अपरेशन गरे । अपरेशन गरेर डाक्टरहरुले उनको हातलाई खुट्टामा टाँका लगाएर जोडिदिए ।

Loading...

डाक्टरका अनुसार यसरी काटिएको हातलाई खुट्टामा जोड्दा त्यो हातमा लगातार रक्तसंचार भइरहन्छ र त्यसका कोशिकाहरु जीवितै रहन्छन् । यदि यस्तो नगरिएको भए काटिएको हात बिग्रन्थ्यो र त्यसलाई पुनः जोड्न सकिँदैनथ्यो । एक महिनापछि डाक्टरले खुट्टामा जोडिएको हात निकाले र त्यसलाई पुनः नाडीसँग जोडे । अहिले ती व्यक्तिको हात राम्रैसँग जोडिएको र सामान्य अवस्थामा फर्किरहेको बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार