सहयोगी मनहरूकाे समाजद्वारा मृगाैला पिडित १२ बर्षिया बर्षालार्इ सहयोग हस्तान्तरण

Loading...
Advertisement

दुखी पीडित असहाय अशक्तहरूलाई सहयोग पुर्याउने हेतुले इजरायलमा रहेका नेपालीहरूद्वारा स्थापना गरिएको परोपकारी संस्था सहयोगी मनहरूको समाज ( society of helping hearts ) द्वारा दुबै मृगौला फेल भै शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत रुरु-३पानीट्यान्की गुल्मीकी दयनीय आर्थिक अवस्थाकी १२ वर्षीय वर्षा बिकको बुवालाई रु ६०००० (रु साठी हजार) उपलब्ध गराउनुभएको छ।

Loading...

आर्थिक अभावले उपचारमा बाधा परिरहेकोले बिरामीले आफूलाई बचाउन गरेको अपील गरेकोले सहयोगी मनहरूको समाज इजरायल च्याप्टर र प्रेमा सुब्बाको बिशेष पहलमा उक्त रकम संकलन गरी समाजका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, महासचिव हरि मानन्धर, कोषाध्यक्ष रन्जु कार्की र सदस्य शिव ज्ञवालीज्यूहरू शिक्षण अस्पताल पुगेर रुरु बिकास समाजका सचिव एवं थोर्गा काठमाडौ सम्पर्क तथा विकास मन्चका उपाध्यक्ष कृष्ण प्रसाद गौतम , रुरु बिकास समाजका कोषाध्यक्ष सि के पौडेल (बिनोद) र थोर्गा काठमाडौ सम्पर्क तथा विकास मन्चका सदस्य महेश ज्ञवालीको रोहवरमा बिरामीको पिता चन्द्र बिकलाई हस्तान्तरण गरियो।

यस महान् पुण्य कार्यको लागी सहयोगी मनहरूको समाज इजरायल च्याप्टर र प्रेमा सुब्बाज्यूलाई बिशेष आभार प्रकट गर्दछौं साथै समाजका सबै महयोगी मनहरू एवं मनकारी दातामहानुभावहरूमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार