किन निरिह बनिरहेका छन् अार्इजिपी सर्वेन्द्र खनाल?

Loading...
Advertisement

काठमाडौं । पछिल्लो ३ हप्तामा १५ जना प्रहरी भ्रष्टाचारको अभियोगमा रंगेहात समातिएपछि प्रहरी प्रशासन ठूलो दबावमा परेको छ । व्यापारीहरुलाई धम्क्याएर तथा अवैध कारोबारमा साथ दिंदै पैसा कमाउने दाउमा लागेपछि नेपाल प्रहरी विवादित हुँदै गएको हो । त्यसमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठनले आईजिपी हटाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्रनै बुझाएपछि तनावमा रहेका महानिरीक्षक सर्वेन्द्र खनाल  ।

आइतबार राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित कार्यक्रममा अनैतिक काममा संलग्न प्रहरीलाई कारबाही गर्ने भन्दै कड्किए । उक्त कार्यक्रममा बोल्दै खनालले भने, ‘केही प्रहरीको गैरव्यवसायिक कार्यले नेपाल प्रहरीको छविलाई नकारात्मक असर पारेको छ । त्यस्ता प्रहरीले आफ्नो गलत कर्मको मूल्य चुकाउनु पर्छ । ’ उनले दोषी देखिएका प्रहरीलाई विभागिय कारबाही अथवा कानूनी कारबाही नै हुने पनि बताएका छन् ।

Loading...

खनालले उक्त कार्यक्रममा प्रहरीले जनताको मन जित्ने काम गर्नुपर्ने बताएपनि पछिल्लो ३ हप्तामा १५ प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । बौद्ध प्रहरीका इन्चार्ज श्याम राई १ लाख ४० हजार घुस सहित पक्राउ गरेको थियो भने त्यसअघि गत भदौ ३१ गते ९ प्रहरीलाई बालुवा व्यापारीसँग घुस लिंदा लिंदै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

यसरी पक्राउ पर्नेमा असई गोपाल प्रसाद श्रेष्ठ र सुवास ढुंगाना छन् । त्यस्तैगरी अन्य प्रहरीहरुमा उमेश कुमार यादव, अमन चौधरी, दिपल भारती, मुकेश प्रसाद पटेल, दिपेन्द्र कुँवर, मानसिंह रोका र रत्नप्रसाद रिजाल रहेका छन् । असई श्रेष्ठले ३० हजार घुस लिएका थिए भने ढुंगानाले ४० हजार लिएका थिए । त्यस्तै अन्य प्रहरीहरुले जनही ५ हजार घुस लिएका थिए । प्रहरीको यो टोलीले बालुवा व्यापारीहरुलाई आफुलाई पैसा नदिएमा व्यापार चौपट पारिदिने धम्की दिएका थिए ।

सोही काण्डमा थप दुई जना सइ्र्र ज्योती बिष्ट र गोविन्द खरेल पनि पक्राउ परेका थिए ।

त्यस्तै गत असोज १७ गते सिराहाका प्रहरी जवान नुरुल होडा अन्सारी पनि ३० हजार घुस सहित समातिएका थिए । त्यस्तैगरी गत भदौ २७ गते महोत्तरी स्थित रामगोपालपुरमा कार्यरत सई रामबाबु यादव पनि ५ हजार घुस सहित समातिएका थिए ।

देशमा अपराध बढेको र नेपाल प्रहरीले त्यसलाई नियन्त्रण गर्न पूर्ण रुपमा सफल हुन नसकेको भनि तिब्र आलोचना भइ राख्दा खनालको यस्तो भनाइ आएको छ । खनालले गलत कार्यमा संलग्न प्रहरीलाई कारबाही नगरेसम्म नेपाल प्रहरी बलियो हुन नसक्ने पनि भनेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार