उडायो सपना सबै हुरीले! यसरी सपनामै रह्यो बामदेवमाे साँसद बन्ने सपना!

Loading...
Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको लफडा सकिएको बताएका छन् । शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वामदेवले उपनिर्वाचना नलड्ने बताएका भन्दै त्यसको लफडामा सरकार नलाग्ने बताएका हुन् । सरकारको प्राथमिकतामा विकास निर्माणका कार्य रहेको भन्दै यो उपनिर्वाचनको लफडामा नलाग्ने उनले बताए ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ७ का नेकपाका सांसद रामवीर मानन्धरलाई सांसद पदबाट राजीनामा गर्न लगाएर वामदेवका लागि उपनिर्वाचन गराउने तयारी सरकारले थालेको थियो ।

Loading...

त्यसका लागि रामवीरले राजीनामा दिने घोषणा समेत गरिसकेका थिए । तर, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमहरुमा उक्त उपनिर्वाचनको चर्को विरोध भएपछि उपनिर्वाचन नहुने भएको हो ।

उपनिर्वाचन नहुने भएपछि वामदेवको सांसद सपना समाप्त भएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार