फिल्म सर्दा खुशी व्यक्त गर्दै नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह

अरु कलाकार फिल्म प्रदर्शन मिति सर्दा हैरान हुन्छन्, साम्राज्ञीराज्यलक्ष्मी शाहको हकमा भने ठ्याक्कै उल्टो । अर्थात्, उनी दंग छिन् । उनी अभिनीत तिमीसँग ८ भदौमा रिलिज हुने पक्कापक्की भइसकेको थियो तर साम्राज्ञीलाई रुनु कि हाँस्नु भएको थियो । कारण, लगत्तै अर्को साता उनको ए मेरो हजुर २ प्रदर्शन हुने तय भएको थियो ।

प्रचारप्रसारका हिसाबले ए मेरो हजुर २ धेरै माथि छ । तिमीसँगको व्यापार गडबड हुँदा त्यसको प्रत्यक्ष असर ए मेरो हजुर २ लाई पर्ने भएकाले चिन्तित थिइन् उनी । कुन फिल्मको प्रमोसनमा हिँड्ने, उस्तै फसाद । तर, अन्तिममा समयमा तिमीसँगको रिलिज मिति पछि सरेको छ । अर्को मिति नतोकिए पनि मक्ख छिन् साम्राज्ञी । तत्कालको तनाव समाधान जो भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार