विदेशबाट दशैंमा घर फर्कंदै हुनुहुन्छ: कति र कस्ता सामान ल्याउन पाईन्छ ? जानी राखौ !

Advertisement

काठमाण्डौ, आश्विन – नेपालीहरुको महान् चार्ड दशैं नजिकिँदै गर्दा विदेशबाट घर फर्कनेहरुको चाप पनि उत्तिकै बढेको छ । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले फर्कने क्रममा आफ्नो घर-परिवार, आफन्तहरुलाई विभिन्न खाले उपहारहरु ल्याउने  गर्छन् ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कदा के कस्तो सामान ल्याउन पाउने – नपाउने, कति मात्रामा ल्याउदा हुने जस्ता भन्सारका नियम थाहा नहुँदा यात्रुहरु अप्ठ्यारोमा पर्ने गरेका छन् । भन्सार विभागले के-कस्तो सामानहरुमा के-के  नियम लागु गरेको छ, सबै यस प्रकार छन् ।

१. कुनै पनि गैरकानुनी सामान ल्याउँदा उक्त व्यक्तिलाई प्रहरीले बिमानस्थलमै पक्राउ गर्छ ।

२. ५० ग्रामसम्मको सुन वा गहना, ५०० ग्रामसम्मको चाँदी र १ लाख रुपैयाँ बराबरको हिराका  गहनाहरु ल्याउन पाइनेछ । यदी तोकिएको भन्दा बढी ल्याएमा सबै जफत गरि त्यसको मूल्य बराबरको जरिवाना तिर्नु पर्ने छ । साथै १० लाखभन्दा बढी मुल्य पर्ने भए कैद समेत हुन्छ ।

३. यात्रुले आफ्नो प्रयोगका लागि एक थान मोबाइल,ल्यापटप,क्यामेरा,घडी र १ लिटरको मदिराको बोतल लेराउँदा भन्सार लाग्ने छैन ।

३. यात्रुले आफ्नो प्रयोगका लागि एक थान मोबाइल,ल्यापटप,क्यामेरा,घडी र १ लिटरको मदिराको बोतल लेराउँदा भन्सार लाग्ने छैन ।

४. वैदेशिक रोजगारमा गई १ वर्ष बसेर फर्कने नेपालीहरुको लागि एक पटकको लागि अभिलेखवद्ध गरी ३२ इन्चको टेलिभिजन ल्याउन छुट गरिएको छ तर ३२ इन्च भन्दा ठुलो भए देखि इन्च अनुसारको भन्सार तिर्नु पर्छ ।

५. आफ्नो प्रयोगका लागि केहि जोर लुगाहरु, एक थान ट्राइसाइकल , एक थान पेराम्वुलेटर ल्याउँदा भन्सार पर्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार